बैंकहरुले खरीद गरी एक वर्षसम्म होल्ड गरेको शेयर बिक्रीमा सहजीकरण गरेका छौंः राष्ट्र बैंक

४ जेष्ठ २०८१, शुक्रबार १३:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले खरिद गरेको शेयर बिक्रिमा खुकुलो बनाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् ।राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरिएको बताएका हुन् ।

उनले भने, ‘बैंकहरुले खरीद गरेको शेयर एक वर्षसम्म होल्ड गरेको बिक्रिको लागि सहज गर्न खोजेको हो ।’ पुँजी बजारमा सप्लाई बढ्ने कारण पनि यो व्यवस्था लागू गरेको कार्यकारी निर्देशक पौडेलले बताए ।

बैंकहरुको होल्ड रहेका शेयरहरु बिक्रिमा सहजीकरण गर्न मौद्रिक नितिमार्फत लगानीकर्ताहरुलाई राहत स्वरुप खुकुलो व्यवस्था गरिएको उनको भनाई छ।

दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने राष्ट्रबैंकले व्यवस्था गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*