प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका

६ जेष्ठ २०८१, आईतवार १०:२९

काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूलय प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*