राष्ट्र बैंकद्धारा सहुलीयतपूर्ण कर्जाको दुरुपयोग गरेको आशंकामा ऋणीमाथि छानबिन

६ जेष्ठ २०८१, आईतवार १६:१०

काठमाडौं । सहुलीयतपूर्ण कर्जा दुरुपयोग गरेको आशंकामा नेपाल राष्ट्र बैंकले ऋणीमाथि छानबिन गरेको छ ।प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत सहुलियत दरको लिएका ऋणीहरुले कर्जाको दुरुपयोग गरेको आशंकामा ती खाताहरु छानबिन गरिएको राष्ट्र बैंकले जनाएको छ। यो छानबिन राष्ट्र बैंकको आन्तरिक प्रयोजनको लागि निकै गोप्यरुपमा गरिएको थियो ।

यसैले यो छानबिनको रिपोर्ट पनि गोप्य नै राखिएको छ । एउटा प्राइभेट अडिट फार्म मार्फत गरिएको यो छानबिनको लागि राष्ट्र बैंकले ८० लाख रुपैंया खर्च गरेको थियो ।

कृषि क्षेत्र र शैक्षिक तथा बेरोजगार कर्जा शिर्षकमा लगिएका कर्जाहरुको छानबिन गरिएको थियो । छानबिन गरिएका २७००० खातामध्ये १८ सय ऋणीको व्यवहार र उनीहरुमाथिको कर्जा प्रवाह संकास्पद देखिएकोले उनीहरुको सम्पूर्ण फाइल अध्ययन गरिएको थियो भने ऋण लिएपछि उनीहरुले गरेको उद्यम र त्यसको परिणाम पनि अध्ययन गरिएको थियो ।

अध्ययनबाट कृषि तथा पशुपंक्षी तर्फ सहुलियत कर्जा लिएकाहरु मध्ये ६.६ प्रतिशत र शैक्षिक कर्जा लिएका ७० प्रतिशतमा गम्भिर समस्या देखिएको छ ।

कृषि क्षेत्रतर्फको कर्जा दुरुपयोग ६.६ प्रतिशत हुनु ठूलो कुरा होइन । शैक्षिक कर्जातर्फ ७० प्रतिशत दुरुपयोग भएको देखिए पनि त्यस्तो कर्जा लिनेहरु निकै थोरै रहेकोले प्रतिशत मात्रै धेरै देखियो, समस्या ठूलो छैन ।

जुन प्रायोजनको लागि कर्जा लिइएको छ , सोमा प्रयोग नभएको कारण छानविन सुरु गरेको एक अधिकारीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*