सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई अपोलो अस्पतालमा विशेष छुट

६ जेष्ठ २०८१, आईतवार १७:३१

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फ अपोलो सूचना केन्द्र को प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*