फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

७ जेष्ठ २०८१, सोमबार १०:१५

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ ७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ३१५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । कम्पनीले वैशाख ३१ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*