राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिष्टमा, कसको सम्भावना बलियो ?

७ जेष्ठ २०८१, सोमबार ११:३६

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।

यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् ।

साथै बैंकले प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि समेत तोकेको छ । बैंकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जना उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको छ ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुले अन्तरवार्तामा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुपर्ने छ । यसैगरी, अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि छनोट भएका उम्मेदवारहरू आफूले पेस गरेका सम्पूर्ण सक्कल कागजात सहित आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनु पर्नेछ ।

जसमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीईओ पद रिक्त छ ।

बैंक पुर्ण रुपमा सरकारी बैंक हो । यो बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइने भएकाले धेरै कर्पोरेट घरानाहरुको नजर लागेको छ ।

बैंकको सिइओ बनाउन विशेषगरी नेकपा एमाले र नेकपा माओवादी लागि परेको छ ।बैंकको सिइओ नियुक्तिका लागि अर्थमन्त्री वर्षमान पुनले व्यक्तिगत लबिङ सुरु गरेका छन् ।

बैंकमा हाल कामू सिइओको रुपमा देवेन्द्र रमण खनालले काम गरिरहेका छन् ।आवेदन दिने मध्ये पवन रेग्मी नेपाली काँग्रेस निकटका व्यक्ति हुन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*