बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

७ जेष्ठ २०८१, सोमबार १४:२२

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन लस प्रोभिजन) मा चुनौती थपेको छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्येको औसत ३।९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ ।

जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन का लागि छुट्याएको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस्तो प्रोभिजनका लागि २ खर्ब १८ अर्ब ३८ करोड रुपैयाँ हाराहारी छुट्याएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*