वैशाखमा निक्षेप बढ्यो, कर्जा लगानी घट्यो

७ जेष्ठ २०८१, सोमबार १४:३८

काठमाडौं । गत वैशाख महिनामा कर्जा लगानी १५ अर्ब रूपैयाँले घटेको छ भने निक्षेप रकम २६ अर्ब रूपैयाँले बढेको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत अन्त्यमा वाणिज्य बैंकहरूमा ५४ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा यो बढेर ५४ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको हो।

त्यस्तै, यो अवधिमा ४५ खर्ब ३७ अर्ब कर्जा लगानी घटेर ४५ खर्ब २२ अर्ब रूपैयाँमा सीमित भएको छ। निक्षेप लगातार बढ्दो अवस्थामा छ भने कर्जा लगानी घटेर ४५ खर्ब १३ अर्बसम्म पुगेकोमा यसमा केही सुधार देखिएको हो।

वैशाखमा नबिल बैंक, नेपाल बैंक र कृषि विकास बैंकले मात्रै एक अर्बभन्दा धेरैले कर्जा विस्तार गर्न सकेका छन्।नबिल बैंकको २ अर्ब ५६ करोड कर्जा विस्तार भएर तीन खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, नेपाल बैंकको २ अर्ब ७९ करोड कर्जा विस्तार भएर दुई खर्ब रूपैयाँ पुगेको छ।

कृषि विकास बैंकको एक खर्ब ३२ अर्ब रूपैयाँले कर्जा विस्तार भएर एक खर्ब ९९ अर्ब ९२ करोड पुगेको छ। अन्य ११ वटा बैंकको कर्जा विस्तार घटेको छ। सबभन्दा कम ब्याजदर दिइरहेको भए पनि राष्ट्रिय वाणिज्य बैंकमा निक्षेप वृद्धि धेरै देखिएको छ। एक महिनाको अवधिमा यस बैंकमा २० अर्ब निक्षेप बढेर तीन खर्ब ८८ अर्ब पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*