सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने

७ जेष्ठ २०८१, सोमबार १५:३८

काठमाडौँ । ग्राहकहरूलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनलले दिनप्रति दिन नयाँ नयाँ प्रविधि भित्र्याउँदै आइरहेको छ । समयको माग अनुसार बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै थप सबल सेवा दिँदै आइरहेको हो । वाणिज्य बैंकमध्य अब्बल बैंक कहलिँदै आइरहेको सिटिजन्सले ग्राहकको सहजताको लागि ‘कन्ट्याक्टलेस कार्ड’ ल्याएको छ ।

बैंकका अनुसार कन्ट्याक्टलेस सजिलो प्रक्रियाबाट प्रयोग गर्न सकिन्छ । यो कार्डमार्फत प्रतिकारोबार दुई हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँसम्म बिनापिन नम्बर भुक्तानी गर्न सकिन्छ । यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपछि पीओएस मेसिनको केही दूरीभित्र कार्ड देखाए मात्र पुग्छ । पिन कोड प्रविष्ट गर्नुपर्ने तथा इन्सर्ट स्वाइप गर्नुपर्ने आवश्यकता यो माध्यममा पर्दैन ।

भिजा कार्डमार्फत कारोबार भइरहेको बेलामा कन्ट्याक्ट लेस कार्ड सेवाले अब भिजा कार्ड भन्दा सहज कन्ट्याक्टलेस कार्ड बन्न पुगेको छ । पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने हुँदा बैङ्किङ सुविधा प्रयोगकर्ताहरूलाई यो प्रक्रियाले थप सहज हुने बैंकले विश्वास लिएको छ ।

बैंकिंग क्षेत्रमा सिटिजन्स बैंकले आफ्नो बेग्लै परिचय र छवि बनाउन सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट आफ्ना १७ लाख १२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

हेर्नुहोस् भिडियोः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*