बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने

७ जेष्ठ २०८१, सोमबार १६:१७

काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी दिनुपर्ने भएको हो ।

प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१ ले यस्तो व्यवस्था गरेको हो ।

निर्देशन अनुसार अब कम्पनीहरुले दाबी वापतको रकम पाउने व्यक्तिको नाममा एसी पे चेक काटन सक्ने छन् । तर, नगद रकम भुक्तानी दिन पाइने छैन् । अथवा भुक्तानी प्रदायक खातामा ट्रान्सफर गर्न पाइने छैन ।

यस भन्दा पहिला ५० हजार भन्दा बढी रकम मात्र अनिवार्य रुपमा बैंक खातामा जम्मा हुनेगरी भुक्तानी दिइनु पर्ने व्यवस्था थियो ।

यदि ५० हजारभन्दा कम दाबी भुक्तानी भएको खण्डमा बैंक खातामै जम्मा हुने गरी अनिवार्य भुक्तानीको व्यवस्था थिएन्। अब कुनै पनि दाबी रकम अनिवार्य बैंक खातामा जम्मा हुने गरी भुक्तानी दिनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*