प्रभु बैंकको ६.५६ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

८ जेष्ठ २०८१, मंगलवार ०६:२७

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*