डिम्याट खाता नवीकरण गर्न मुक्तिनाथ क्यापिटलको आग्रह

८ जेष्ठ २०८१, मंगलवार ०७:२९

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरू बाट डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आइरहेका खातावालालाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । यो रकम यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

मेरोशेयर प्रयोगकर्ताहरूले मेरोशेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन । साथै, एक हजार ९९९ रुपैयाँ भुक्तानी गरी यस क्यापिटलबाट संचालित आजीवन डिम्याट र मेरोशेयर खाता योजनाको सुविधा लिई वार्षिक रुपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*