प्रभु बैंकको ३.६८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

८ जेष्ठ २०८१, मंगलवार ०७:५९

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ६८ हजार ८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्न प्रक्रिया अघि बढाईने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*