महिला लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

८ जेष्ठ २०८१, मंगलवार ०८:१३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो ।

कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्र्तीण वा एसईई परीक्षामा कम्तिमा १.६ जीपीए वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरका हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित कम्पनीको वेवसाइट वा इमेल ठेगानामा १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

One thought on “महिला लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

  1. Susma rijal says:

    I am intrested in this field

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*