पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

८ जेष्ठ २०८१, मंगलवार १५:१०

काठमाडौं । साता कारोबारको तेस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये पाँच वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जस अन्तर्गत जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावर र मध्य भोटीकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, इष्टर्न हाइड्रोपावरको ९ दशमलव ७१ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँले वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*