महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

९ जेष्ठ २०८१, बुधबार ०६:३५

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले जो–कोही व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा कम्तीमा एक हजार र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

यस शेयरमा आज (जेठ ९ गते) देखि २३ गते अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल–काठमाडौंमा पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*