कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१० जेष्ठ २०८१, बिहीबार ०६:२४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरूको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*