राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने

१० जेष्ठ २०८१, बिहीबार १३:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि जेठ ११ गते ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

केन्द्रीय बैंकले भोलि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*