नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १.६८ लाख कित्ता शेयर बिक्रीमा

११ जेष्ठ २०८१, शुक्रबार ०६:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र के–कति रकममा लिने सोको व्यहोरा खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*