बैंकहरूले उठाउन सकेनन ऋण, बैंक, विकास बैंक र फाइनान्सको दुई खर्बभन्दा बढी बक्यौता

११ जेष्ठ २०८१, शुक्रबार ११:१४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा दुई खर्ब चार अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकहरुले प्रवाह गरेको ऋण ५१ खर्बमध्ये दुई खर्बभन्दा बढी ऋण रकम उठाउन बैंकहरु असफल भएका छन् । तथ्याङ्क अनुसार बैंकहरुबाट प्रवाह भएको कर्जा असुलीको अवस्था दयनीय बन्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा एक खर्ब ६३ अर्ब २१ करोड ५५ लाख रुपैयाँ रहेको थियो । यस वर्ष बढेर दुई खर्ब नाघेको छ । खराब कर्जाको औषत ३.३४ प्रतिशत पुगेको छ । गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ०.६४ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा एक खर्ब ३९ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा वाणिज्य बैंकको खराब कर्जा ०.६६ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा विकास बैंकको खराब कर्जा ०.२३ प्रतिशतले बढेर १८ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिमा १५ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको चैत्र मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा २.२१ प्रतिशतले बढेर १०.४० प्रतिशत पुगेको छ । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा १० अर्ब १० करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा सात खर्ब ५८ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*