टेलिकममार्फत कृषि विकास बैंकका सूचनाहरु सेवा प्रदायकसम्म पुर्‍याउने

११ जेष्ठ २०८१, शुक्रबार १२:११

काठमाडौँ। कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*