बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न प्राधिकरणको निर्देशन

११ जेष्ठ २०८१, शुक्रबार १३:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ ।सर्भेयरहरुले प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न सक्ने छन् ।

प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आजको मिति (जेठ ११ गते) को दिनदेखि ३० दिन भित्र प्राधिकरणको वेबसाईट  https://irmis.nia.gov.np/UpdatedSurveyorDetails/SearchSurveyorDetails मार्फत आवश्यक कागजात पेश गरी केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । साथै, अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पीडिएफ ढाचाँमा पेश गर्न आग्रह गरेको छ ।

उक्त केवाइसी अपडेट नगरेका कारणबाट सर्भेयरको इजाजतपत्र नविकरण र सोसँग सम्बन्धित कार्यमा कुनै समस्या देखिएमा स्वयं नै जिम्मेवार हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*