सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति

११ जेष्ठ २०८१, शुक्रबार १३:५५

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस केही पछि हटेको र गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बर्तौलाको भनाइ छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले आजै दिनभरमा सहमति हुने दाबी गरे ।

गृहमन्त्री लामिछानेका विषयमा मात्र भन्दा पनि समग्र सहकारीको समस्या समाधानका लागि दलहरूबीच सहमति हुने मन्त्री गिरीले बताए ।

प्रतिपक्ष दलले भाषामा तलमाथि भए पनि संसद्‍मा उठाएको विषयमा सम्झौता नगर्ने जनाएको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*