सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा

११ जेष्ठ २०८१, शुक्रबार १४:४१

काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*