शिवशिखरका अध्यक्ष शर्माविरूद्ध ३३ अर्बको मुद्दा चलाउँदै सम्पत्ति शुद्धिकरण विभाग

११ जेष्ठ २०८१, शुक्रबार १८:३६

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख केदारनाथ शर्मा विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ । विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको हो ।

सहकारीका बचतकर्ताको अर्बौ रकम अपचलन गरेका शर्मा र उनका दर्जनौ कम्पनी विरुद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित माग दाबी गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

अहिले विभाग आफैले अदालतमा मुद्दा दायर गर्न नपाउने भएपछि अध्ययन प्रतिवेदन सहित मुद्दा चलाउने निर्णयसहितिको प्रतिवेदन सरकारी वकिलको कार्यालय भक्तपुरमा पठाउने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*