एनआईसी एशिया बैंकले ल्यायो सीआईटीको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

१३ जेष्ठ २०८१, आईतवार ०७:२०

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंंकले योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ १३ गते) देखि शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*