डिम्याट खाता नवीकरण गर्न हिमालयन क्यापिटलको आग्रह

१३ जेष्ठ २०८१, आईतवार ०८:२१

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ ।

कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आवको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । यो रकम यही असार मसान्तभित्र हिमालयन क्यापिटल वा हिमालयन बैंकको नजिकको शाखा कार्यालयमा गई वा अन्य डिजिटल माध्यमबाट तिर्न सकिनेछ ।

तोकिएको समयभित्र नवीकरण नगरेमा डिम्याट खाता रोक्का गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*