राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले गरे पदभार ग्रहण

१३ जेष्ठ २०८१, आईतवार १०:२६

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी काम गर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*