एनआईसी एशिया लघुवित्तको संचालकमा सिग्देल नियुक्त

१३ जेष्ठ २०८१, आईतवार १०:२८

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो ।

संचालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त संचालक पदको बाँकी कार्यकाल सम्मका लागि सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*