प्रतिकित्ता १०३ रुपैयाँमा नै सिटिजन्स बैंकको शेयर किन्ने मौका

१३ जेष्ठ २०८१, आईतवार ११:५६

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १३ हजार ३२९.२३ कित्ता शेयर बिक्रीमा आएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*