नागरिकको निराशलाई चिर्ने र पुँजी बजारका समस्या समाधान गर्ने खालको नीति तथा कार्यक्रम आयोः पौडेल

१३ जेष्ठ २०८१, आईतवार १२:४७

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम नागरिकको निराशलाई चिर्ने खालको आएको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नागरिकको निराशलाई चिर्ने र आम सर्वसाधारणलाई आशा जोगाउने गरी नीति तथा कार्यक्रम आएको छ । यो नीति तथा कार्यक्रमले सबै क्षेत्रमा समस्या पहिचान गर्दै समाधान गर्ने आधार समेत तय गरेको छ ।’

पुँजी बजारमा रहेका समस्या समाधानका लागि नीति तथा कार्यक्रम आएको पौडेलले बताए । ‘आन्तरिक ऋणा पुँजी निर्माणका लागि हुने छ । सहकारी र लघुवित्तका समस्या समेत समाधानका लागि यो नीति तथा कार्यक्रम आएको छ ।’

समग्रमा नीति तथा कार्यक्रम स्वागतयोग्य आएको उनको भनाइ छ । ‘कांग्रेसले आन्दोलन गर्ने भन्दा यो नीति तथा कार्यक्रममा छलफलमा आए हुन्छ । यसले सबै क्षेत्रका समस्या समाधान गर्ने आधार खडा गरेको छ । समाजिक र आर्थिक क्षेत्रका समस्यालाई चिनेर समाधान खोजेको छ । १६औं योजनालाई समेत अनुसरण गर्ने खोजेको छ । सबै क्षेत्रका चुनौतीलाई सामान गर्ने र अवसरलाई सदुपयोग गर्ने सहयोग गरेको छ’ उनले भने ।

‘अलमलिएको विकासलाई सहि दिसामा ल्याउने र रोकिएको विकासलाई गति दिने आएको छ । अर्थतन्त्र शिथिल अवस्थामा रहेको छ । यो नीति तथा कार्यक्रमले अर्थतन्त्रलाई चलयमान बनाउने गर्ने काम गरेको छ’ उनले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*