२ करोड ३७ लाख नागरिकले प्रयोग गर्छन् मोबाइल बैंकिङ्ग

१३ जेष्ठ २०८१, आईतवार १५:२९

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको छ ।

चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल दुई करोड ३७ लाख ८३ हजार मानिसले मोबाइल बैंकिङ्ग र १८ लाख ७४ हजार मानिसले इन्टरनेट बैंकिङ्ग प्रयोग गर्दै आएका छन् ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चाल विस्तार, बिद्युतीय माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*