बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा दिनेश कुमार लाल

१३ जेष्ठ २०८१, आईतवार १५:५२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदमा निर्देशक दिनेश कुमार लाललाई जिम्मेवारी तोक्ने निर्णय गरेका छन् । गत शुक्रबारदेखि कार्यकारी निर्देशक राजुरमण पौडेल अनिवार्य अवकासमा गएपछि सञ्चालक समिति पनि सचिव विहिन हुन पुगेको थियो ।

अध्यक्ष सिलवालले लाललाई सञ्चालक समितिको सचिवको जिम्मेवारी र पदपूर्ति समितिको सचिवको जिम्मेवारी तोकेको बीमा प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणमा नयाँ कार्यकारी निदेशक को बन्ने भन्ने चर्चा चलिरहेको छ । यहीबीचमा लाललाई सञ्चालक समितिको जिम्मेवारी दिइएको हो । हाल तीन जना निर्देशकहरू कमलराज रेग्मी, दिनेश लाल तथा पुजन ढुंगेल अधिकारी कार्यकारी निर्देशक बन्न योग्यता पुगेको अवस्था छ । साे मध्ये रेग्मी सबैभन्दा सिनियर हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*