बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणी कालो सूचीमा

१३ जेष्ठ २०८१, आईतवार १६:२३

काठमाडौँ । चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको पाइएको हो।

यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३१ हजार ५४७ जना ऋणी कालु सूचीमा परेका छन्। यस अवधिमा कालो सूचीबाट बाहिरिएका ऋणीको संख्या ८ हजार ३०७ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*