मौद्रिक नीतिको समीक्षाको व्यवस्था कार्यान्वयनमा अघि सर्यो राष्ट्र बैंक, २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

१३ जेष्ठ २०८१, आईतवार १७:२७

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन व्यवस्था गरेका छ।

यही व्यवस्थाको कारण पछिल्लो समय शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। आइतबारदेखि भने सो व्यवस्थमा कार्यन्वयनमा आएको छ।यसअघि खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो।

यस्तै राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ १।२५ प्रतिशतबाट घटाएर १।२० प्रतिशतमा झारेको छ। यसले बैंकहरुको करिब साढे २ अर्ब रुपैयाँ नाफा बढाउने छ।यस्तै हायर पर्चेज कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारेको छ। यसले बैंकहरुको पूँजीकोष केहि बढाउने छ। जसले गर्दा बैंकहरुको कर्जा लगानी गर्न सक्ने क्षमता थप बढ्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*