बीमा प्राधिकरणमा दक्ष जनशक्ति र नेत्तृव नभएको महालेखाको निष्कर्ष

१३ जेष्ठ २०८१, आईतवार १८:५६

काठमाडौंं । महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा प्राधिकरणका जनशक्ति र नेतृत्वमा बीमा सम्बन्धी दक्षता नभएको निष्कर्ष निकालेको छ । सुशासन र आर्थिक पारदर्शिताका लागि संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालय बीमाको पहुँच बृद्धिमा निमायमक निकाय प्राधिकरणको क्षमता बाधक रहेको भनेको छ ।

महालेखा परिक्षकले बीमा प्राधिकरणमा दक्ष नेतृव र दक्ष जनशक्तिको अभावको कारण जुन अवस्थामा पहुँच र व्यवसाय विस्तार हुनुपर्ने हो, सो मात्रामा नभएको कुरा ६१ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदमा बीमा व्यवसायको ठूलो सम्भावना रहेपनि बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक बर्ष २०८० साल असार मसान्तसम्ममा बीमाको पहुँच ४४।३८ प्रतिशत जनसङख्यामा मात्रै पुगेको छ।

बीमाको पहुँच बढाउन बीमा गर्ने प्रचलनको प्रवद्र्धन, नियमनकारी संरचनाई दरिलो र जोखिममा आधारित अनुगमन र सुपरिवेक्षण पद्धतीको अवलम्बन गरी बीमा व्यवसायको दायरा विस्तार र अर्थतन्त्रमा यसको प्रभाव बढाउनेतर्फ सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको सुझाव प्रतिवेदनले दिएको छ । तर, त्यसको लागि दक्ष जनशक्तिको अभाव प्राधिकरणमा लामो समयदेखि खड्किदै आएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०८० मा बीमाले वित्तिय क्षेत्रको सम्पत्तिमा ६।३ प्रतिशत हिस्सा ओगटेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा क्षेत्रको सम्पत्ति ६।३ प्रतिशत हिस्सा ओगटेको देखाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*