सहकारीमा लगानीको अवस्था निगरानी राख्ने व्यवस्था नहुँदा ठगीको घटना बढेको महालेखाको ठहर

१३ जेष्ठ २०८१, आईतवार १९:०१

काठमाडौँ । सहकारी संस्थाको सञ्चालन नतिजा, बचत सङ्कलन तथा लगानीको अवस्थाको निगरानी राख्ने व्यवस्थाको विकास नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सहकारी संस्थाले वित्तीय अनुशासन पालना गरे नगरेको अनुगमन गरी निक्षेपकर्ताको बचतलाई सुरक्षित बनाउँदै उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्नुपर्ने महालेखाको ठहर रहेको छ ।

‘खराब कर्जा असुली नगर्ने, कर्जा नोक्सानी व्यवस्था लागु नगर्ने, संस्थाको यथार्थपरक वित्तीय अवस्थाको तथ्याङ्क नभएको, सबै संस्थाको अनुगमन हुन नसकी बचतकर्ताको बचत जोखिममा पर्ने तथा सहकारी सञ्चालकहरूबाट ठगीको घटना बढ्दै गएको अवस्था रहेको छ’ प्रतिवेदनमा भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*