कुमारी बैंकको १० लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

१४ जेष्ठ २०८१, सोमबार ०६:३८

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आज (जेठ १४ गते) देखि शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*