छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

१४ जेष्ठ २०८१, सोमबार ०७:१४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ कायम गरिएको छ ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयसम्म संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले मात्रै खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*