चिरख्वा हाइड्रोपावर १२.४१ लाख रुपैयाँ नोक्सानमा

१४ जेष्ठ २०८१, सोमबार ०७:५७

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चालु आवको चैत्र मसान्तसम्म कम्पनीले १२ लाख ४१ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । पुस मसान्तसम्म यस कम्पनीले आठ लाख ७९ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो ।

चैत्र मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा भने ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

हालसम्म विद्युत बिक्रीबाट कुनै आम्दानी नगरेको यस कम्पनीको प्रतिशेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.८२ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७८.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*