ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१४ जेष्ठ २०८१, सोमबार ०८:२०

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । बैंकले बिक्री गर्न लागेको शेयरको संख्या भने खुलाएको छैन् ।

शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*