आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने

१४ जेष्ठ २०८१, सोमबार १०:३१

काठमाडौँ। आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*