आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१४ जेष्ठ २०८१, सोमबार १२:३१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थाले बिक्रीमा ल्याइएको शेयरको संख्या भने खुलाएको छैन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने संस्थाले जनाएको छ ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रकिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*