गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

१४ जेष्ठ २०८१, सोमबार १६:३७

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो, जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*