चन्द्रलोक प्रतिष्ठानद्वारा गरिमा विकास बैंक सम्मानित

१४ जेष्ठ २०८१, सोमबार १७:०५

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रमले गरिमा विकास बैंकलाई सम्मान प्रदान गरेको छ ।

१७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले आम नागरिकहरुलाई विगत १ दशकदेखि आर्थिक बचत गराउन सहयोग पुर्याएको र उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको भन्दै बैंकलाई सम्मान प्रदान गरेको हो ।

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र प्रसाद रिजालले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

बैंकले नेपालका विभिन्न स्थानमा शाखा सन्जाल बिस्तार गरी भौतिक रुपमा र अनलाईन माध्यमबाट नागरिकहरुलाई बैंकिङ्ग सेवा प्रदान गदैै आईरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*