बजेटमा लघुवित्तका पुरानै कुरा कपि पेष्ट

१५ जेष्ठ २०८१, मंगलवार २०:३५

काठमाडौँ । पछिल्लो समय लघुवित्त क्षेत्र सुस्ताएको छ । बजार चलि रहेको लघुवित्त सम्बन्धी आन्दोलनले कम्पनीहरुको खराब कर्जा समेत वृद्धि भइरहेको देखिन्छ ।

अर्थतन्त्रको सन्तुलित र दिगो विकासका लागि साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाइने बजेट मार्फत जनाएको छ । बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाई दिगो विकास गर्न ग्राहक हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व, कर्जा व्यवस्थापन लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरीने भनिएको छ । विभिन्न क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्याजमा दिइदै आएको अनुदानलाई प्रभावकारी बनाउन ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गरिने समेत भनिएको छ । सहुलियतपूर्ण कर्जाको लागि ११ अर्ब विनियोजन भएको छ ।

नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत लघुवित्त सम्बन्धी केहि राहत कार्यक्रम आउने अपेक्षा लघुवित्त बैंकर्ससंघले गरेको थियो । तर बजेट मार्फत लघुवित्तमा मुद्धा सजहका लागि कुनै कुरा नआएको मेरो माइक्रोफाइनान्सका सीइओ तथा नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहालले बताए ।

उनले बजेट मार्फत आश गरेको कुनै विषय नआएको बताए । उनले भने, ‘लघुवित्तमा राम्रो कुनै मुद्धा सम्बोधन हुन सकेको छैन । सबै पुरा कुरालाई मात्र दोहोराएकोछ । बजेटले जहिले निराश गर्दै आइरहेको छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*