कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१७ जेष्ठ २०८१, बिहीबार ०६:५४

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, उक्त समयभित्र संस्थापकहरूबाट शेयर खरिदको आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*