साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

१७ जेष्ठ २०८१, बिहीबार ०७:१२

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कम्पनीले साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतममा चार हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

यस शेयरमा आज (जेठ १७ गते) देखि आउदो असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*