हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१७ जेष्ठ २०८१, बिहीबार ०८:११

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना शेयरधनीहरूको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा निवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

साथै, तोकिएको समभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*