कृषि विकास बैंकद्वारा लाभांश रकम लिन आग्रह

१७ जेष्ठ २०८१, बिहीबार ११:५१

काठमाडौं । कृषि विकास बैंकको विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बाँकी शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको छ ।

बैंकले लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उल्लेखित बैंंक खातामा जम्मा गराएको थियो । तर, केही शेयरधनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएकाले लाभांश भुक्तानी बाँकी रहेको बैंकले जनाएको छ ।

बैंकले शेयरधनीलाई यथाशीघ्र डिम्याट खातामा शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता विवरण अद्यावधिक गराउन भनेको छ । साथै, विवरण अद्यावधिक गराउँदा त्रुटी भई लाभांश प्राप्त नगरेका शेयरधनीको हकमा विवरण सच्याउन भनिएको छ ।

अन्यथा लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । साथै, अन्य जानकारीको लागि बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल वा बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*